प्लाष्टिक झोलाको विकल्पमा पाँच किलोग्राम अट्ने कार्टुन
मुस्ताङ | असोज १२, २०७९
मुस्ताङ । घरपझोङ गाउँपालिकाले पाँच किलोग्रामसम्म अट्ने स्याउको कार्टुन वितरण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रमअनुसार प्लास्टिक झोलाको विकल्पमा पाँच किलो अट्ने स्याउको कार्टुन वितरण गर्न लागिएको हो ।
किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा कार्टुन वितरण गरिने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । विगतका वर्षमा २० किलोसम्म अट्ने स्याउका कार्टुन अनुदानमार्फत वितरण गरिएकामा त्यसबाट अपेक्षित उपलब्धि नभएपछि अहिले पाँच किलो क्षमताको काटुर्न वितरण गर्न लागिएको हो । उक्त कार्टुन अब भने सही सदुपयोग हुने विश्वास लिइएको जनाउँदै अध्यक्ष लालचनले भन्नुभयो, “विगतका वर्षमा २० किलोसम्म अट्ने स्याउको कार्टुन सीमित व्यक्तिले मात्रै माग गर्ने गर्दथे ।”
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २० किलोको कार्टुन वितरण गर्दा धेरैले दोहोरोपनको फाइदासमेत उठाएको उहाँले बताउनुभयो । पालिकाले यस कार्यक्रमका लागि रु दुई लाख ५० हजार विनियोजन गरेको र किसानको मागअनुसार उक्त कार्यक्रमअन्तर्गत छ हजार तीन सय ५० कार्टुन ल्याइएको गाउँपालिकाका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभयो ।
पालिकाभित्रका पाँचवटै वडामा मागबमोजिमको अनुपातमा कार्टुन वितरण हुने उहाँले बताउनुभयो । पाँच किलोको कार्टुन दसँैं तिहार जस्ता महान चाडमा आफन्त, इष्टमित्र, साथीभाइलाई स्याउलगायतका समान कोसेलीका रुपमा पठाउन मिल्ने जनाइएको छ । पाँच किलोको कार्टुन प्लास्टिकको विकल्पका रुपमा उपयोग हुने बताउँदै उहाँले यी कार्टुनलाई किसानले ७५५ अनुदानमा प्रति कार्टुन रु १३ रुपैयाँ तिर्नुपर्ने जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

